भ्लादिभोस्टोक । रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज-२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर-एफकेए उपग्रह कक्षामा पुगेको विज्ञप्तिमार्फत घोषणा गरेको छ । कोन्डोर-एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ ।
रुसमा आधारित रकेट डिजाइन ब्युरो (एनपीओ)ले यसको स्थापनादेखि कोन्डोर-एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । कोन्डोर-एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो । दुई थप उपग्रह हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर-एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच