शमशेरामा रणवीरको २० करोड भारु पारिश्रमिक

Read Time = 2 mins

मुम्बई । भारतीय चलचित्र शमशेराको ट्रेलर सार्वजनिक गरिएको छ । आगामी २२ जुलाईमा प्रदर्शन हुने तयारीमा रहेको यो चलचत्रिलाई अग्निपथ फेम करण मल्होत्राले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा रणवीर कपुरका अलावा सञ्जय दत्त, वाणी कपुर, आशुतोष राणा पनि देख्न सकिनेछ । शमशेराको मोसन पोष्टर २०१८ मा रिलिज भएको थियो तर कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाइ भएको थियो ।

चलचित्रले स्वतन्त्रताअघिको भारतलाई चित्रण गरेको छ । यस फिल्मको कथा डकैतमा आधारित छ र यसमा सञ्जय दत्त डरलाग्दो प्रहरी अफिसरको भूमिकामा देखिनु भएको छ । यो बहुप्रतिक्षित फिल्म १५० करोड भारुको ठूलो बजेटमा बनेको शमशेरामा चार वर्षपछि रणवीर कपुरको कमब्याक हुने विश्वास गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार रणवीरले यो चलचित्रका लागि २० करोड भारु पारिश्रमिक लिनुभएको छ । यो चलचित्रभन्दा पहिले रणवीर राजकुमार रावको २०१८ मा आएको चलचित्र सञ्जुमा देखिनुभएको थियो । सञ्जुमा रणवीरले सञ्जय दत्तको भूमिका निभाउनु भएको थियो ।

यस्तै शमशेरा संजय दत्तको यशराज प्रोडक्सनसँगको दोस्रो चलचित्र हो । यसअघि सञ्जय सम्राट ‘पृथ्वीराज’ चलचित्रमा पनि देखिनुभएको थियो । शमशेरामा सञ्जयले खतरनाक प्रहरी शुद्ध सिंहको भूमिका निर्वाह गर्नुभएको थियो । सञ्जयले चलचित्रका लागि ८ करोड भारु लिनु भएको छ । यस्तै चलचित्रका लागि वाणी कपुरले पाँच करोड पारिश्रमिक लिनु भएको छ । यस्तै रोनित राईले पनि चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । रोनितले यो चलचित्रका लागि चार करोड भारु लिनु भएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?