रोल्पा । आज आइतबार भइरहेको उपनिर्वाचनमा रोल्पामा बिहान १० बजे सम्म करीब २०% मत खसेको रोल्पाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रायमाझीका अनुसार बिहान चिसोका कारण मतदान केन्द्रमा मतदाताहरुको न्युन उपस्थिति भएपनी बिहान १० बजे पछि मतदाताहरुको बाक्लो उपस्थिति हुन शुरु गरेको बताउनु भयो ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालय रुन्टिगढि गाउँपालिका वडा न.४ रोल्पाका अनुसार निर्वाचन आयोगको निर्धारित समय अनुसार नै बिहान ७ बजे देखी नै मतदान कार्य शुरु भएको र मतदानका लागि मतदाताहरुको उत्साहजनक रूपमा उपस्थिति रहेको र स्वच्छ, निस्पक्ष, स्वतन्त्र र भयरहित बाताबरणमा मतदान कार्य शुरु भएको बताइएको छ ।
रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न. ४ मा एक वडा अध्यक्ष पदका लागि हुन गइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र एउटा मतदान स्थल र दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा जम्मा एक हजार नौ सय जना मतदाताहरु रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच