२५ औँ वार्षिकोत्सवका अवसरमा सिद्धार्थको छुट

Read Time = 2 mins

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले २५ औँ वार्षिकोत्सव मनाएको छ । भैरहवामा निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा २५औँ वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको भन्दै अर्थतन्त्र विकासकोे मुख्य आधार पर्यटन क्षेत्र भएको बताउनुभयो । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँले बताउनुभयो ।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय सञ्चालनको अनुकूल वातावरण सिर्जनालाई आफूले सधैं प्राथमिकतामा राखेको बताउनुभयो । ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण वर्ष १९९८ को सन्दर्भ पारी २०५४ माघ २३ गतेका दिन टीकापुरमा खाजा पसलका रूपमा सुरु गरेको व्यवसाय पाँचतारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाखाका एकजना ग्राहकलाई २५ वर्षअघिकै सुरुवाती मूल्य बराबर एक सय रुपैयाँमा होटल रुम उपलब्ध गराउनुका साथै कतिपय प्याकेजमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । समूहका सबै शाखामा गरी हाल एक हजार ६ सयजनाले रोजगारी पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?