काठमाडौं । नवनियुक्त चार राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
शपथ लिनेहरूमा लोकदर्शन रेग्मी- अमेरिका, डा शैल रूपाखेती- जर्मनी, डा नरेशविक्रम ढकाल- साउदी अरेबिया र चित्रलेखा यादव- अष्ट्रेलिया रहेकाे राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयाे ।
शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच