-एल बि मगर
रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिँदा ५ मजदुरको मृत्यु भएको र दुई मजदुरले भने भागेर ज्यान जाेगाएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुसार आइतबार बिहान करिब १० बजेको समयमा रोल्पाको सुनछहरी गाँउपालिका वडा नं ३ बाहिरी गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डो खनि पर्खाल लगाउने क्रममा माथिबाट पहिरोको ढिस्को खस्दा ५ जना कामदारको मृत्यु भएको थियाे ।
प्रहरीका अनुसार घटनाबारे प्रहरीलाई जानकारी हुनासाथ प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश बिष्टको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिइ घटनास्थलमा पुगेकाे थियाे । त्यहाँ पुग्दा माटोले पुरिएको अबस्थामा २ पुरुष र २ महिला गरी जम्मा-४ जनाको शव निकालेको भने अन्य १ जनाको खोजतलास गर्दै जाँदा माटोले पुरिएको अबस्थामा शब फेला परेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार मृतकहरुको मृत्यु हुनेहरुमा जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं ३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार, ऐ.ऐ बस्ने बर्ष ३१ को ओम परियार साेही ठाउँ बस्ने बर्ष ४० की सुबित्रा परियार, साेही ठाउँ बस्ने बर्ष २७ की आईती परियार, जिल्ला रोल्पा सुनछहरी गाउँपालिका ३ बहिरी गाम बस्ने बर्ष ६६ को देबिराम परियार रहेको प्रहरीले बताएको छ ।
उक्त स्थानमा एलबिएण्ड पल्लभी जक्सन J.V.निर्माण सेवा कम्पनीले निर्माण कार्य गर्दै आइरहेको र उक्त स्थानमा ७ जनाले काम गर्दै गरेको अबस्थामा २ जना भाग्न सफल भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच