भूकम्पमा भाग्ने हुँदा लडेर बैतडीमा एक जनाको मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । भूकम्प गएको बेला घरबाहिर भाग्ने क्रममा लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ ।

शनिबार जिल्लाको डिलाशैनी १ का ६६ बर्षिय हरि लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

राति ८ बजेर १२ मिनेट भुकम्पको धक्का महसूस भएका बेला आत्तिएर घर बाहिर भाग्ने क्रममा सिडिबाट लडेर मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । टाउकोमा चोट लागेर गम्भिर घाइते भएका लुहारको अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको आफन्तले जनाएका छन् ।

गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको टोली मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरिएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जादा बझाङको पाटादेवल केन्द्र्रबिन्दु भएर ५.४ म्यागनेच्युटको भुकम्प मापन केन्द्रले जनाएको छ ।

रुखबाट लडेर एक महिला घाईते

रुखबाट लडेर डिलाशैनी गाउँपालिका ६ की एक महिला घाईते भएकी छन् । चौसेराकी २५ बर्षिय गौमती मालको आईतबार दिउँसो साढे एक बजेतिर स्याउला काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी हुन् ।

पेट, छाती र ढाडमा चोट लागेको उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिवार सिगास गाउँपालिका ८ की २७ बर्षिय सरस्वती धामी बोहराको खर काट्ने क्रममा भिरबाट मृत्यु भएको थियो ।

यहाँ खर तथा स्याउला कट्ने क्रममा प्रत्येक बर्ष महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?