ऋत बास्केटबलमा १२० टोली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १२० टोलीको सहभागिता रहने भएको छ । ब्वाइजमा ९६ तथा गल्र्समा २४ टिमले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराउनुभयो ।

शीर्ष तीनस्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’लाई पनि छात्रवृत्ति दिइनेछ । विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई पाँच हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । तेस्रोले तीन हजार ५०० नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।

‘मोस्ट भेलुएबल प्लेयर’लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । दुई दिने नकआउट प्रतियोगिताका खेलहरू वसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?