
काठमाडौं । सहकारी ठगी मुद्दामा बयानका लागि पोखराबाट काठमाडौं ल्याइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिइरहनु भएका लामिछानेको बयान अझै लम्बिने भएको छ ।
कार्यालयका प्रमख वकिल सन्देश श्रेष्ठका अनुसार रविको बयान भोलि मात्रै सकिने छ । बयान सकेर उहाँलाई भोलि नै पोखरा पठाउने तयारी भइरहेको जनाइएको छ ।
रविले यसअघि गत शुक्रबार पनि बयान दिनुभएको थियो । त्यसपछि बाँकी प्रश्नहरूको जवाफ आज उहाँले दिनुभएको छ । सोध्नुपर्ने विषय धेरै हुँदा उहाँको बयान आज पनि नसकिएको बताइएको छ ।
सहकारी ठगी मुद्दामा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ पर्नुभएको लामिछानेलाई अहिले ललितपुरको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा सोधपुछ भइरहेको हो ।
यसअघि उहाँलाई बुटवल पुर्याएर फर्काइएको छ । त्यहाँ उहाँलाई सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रश्नहरू सोधिएको थियो ।
रविविरुद्ध काठमाडौं प्रहरीले संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच