काठमाडौं । युएईमा जारी यू १९ एसिया कपमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा आज बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो । सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
श्रीलंकापछि लगातार बंगलादेशसँग पनि पराजित भएपछि नेपालको अर्को चरणमा पुग्ने सम्भावना सकिएको छ ।
लगातार दोस्रो हारसंगै नेपाल एसिया कपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।
नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । यी तीनबाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको लागि युवराज खत्रीले ४ विकेट लिए ।
बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक/एक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच