काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्याय गरेको भन्दै ६ खेल संघले आइतबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफूले पनि एनओसीको सदस्यता पाउनुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत् उनीहरूले पाँचवटा कुराको उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरूले सदस्यता र निर्णय प्रक्रियाबाट राष्ट्रिय संघहरूको बहिष्कार हुनु तथा वित्तीय व्यवस्थापन र छनोट प्रक्रियामा पारदर्शिताको अभाव भएको आरोप लगाएका छन् ।
त्यसैगरी आइओसीबाट अनुमोदित एनओसी संविधानद्वारा आवश्यक समयमै लोकतान्त्रिक चुनाव गराउन असफल भएको उनीहरूको आरोप छ । ओलम्पिज्मका समावेशिता, पारदर्शिता र निष्पक्ष खेलका लागि प्रतिबद्धता सिद्धान्तहरूको उल्लंघन भएको र राष्ट्रिय खेलकुद कानुनको उल्लंघनसमेत भएको उनीहरूको आरोप छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघका अध्यक्ष रमेश पौडेलले सदस्यता दिन आग्रह गरेको भए पनि एनओसीले नमानेको गुनासो गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच