गमगढी-रारा-खत्याड जोड्ने सडक निर्माणकाे काम सरकारकाे पहिलाे प्राथमिकता : मन्त्री शाही

मुगु । गमगढी-रारा-खत्याडलाई जोड्ने सडक निर्माणको नीतिगत प्रक्रिया अघि बढेको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आधार तयार गर्ने काम तीव्र रूपमा भइरहेको जानकारी दिनु भएको हो ।

नेपाल तरूणदल मुगुकाे कार्यालय स्थापना कार्यक्रमकाे प्रमुख आथित्यता ग्रहण गर्नुहुँदै मन्त्री शाहीले सडक निर्माणमा वन तथा वातावरण मन्त्रालय मात्र नभई अन्य मन्त्रालयको पनि सहकार्य आवश्यक रहेको बताउनु भयो ।

गमगढी सँग खतेड जाेड्नका लागि रारा राष्ट्रिय निकुञ्ज हुँदै सडक निर्माण गर्नु पर्ने भएकाले निकुञ्जकाे कानुनी र नीतिगत समस्याहरू समाधान गर्न जरुरी रहेको मन्त्री शाहीले स्पष्ट पार्नु पार्नुभयो । उहाँले पर्यटकिय संभावनाकाे आधार भएकाे मुगु जिल्लामा पर्यटन विकासकाे माध्यमबाट जिल्लाकाे मुहार बदल्ने खालका कार्यक्रम अघि बढाउन बर्तमान सरकार लागि परेकाे धारणा ब्यक्त गर्नुभयाे ।

नेपालकाे विकासमा तरूण दलले खेलेकाे भुमिका र महत्वकाे चर्चा गर्दै मन्त्री शाहीले तरूणदलकाे नयाँ नेतृत्वले जिल्लामा रचनात्मक कामकाे थालनी गरि नेपाली काङ्ग्रेस पार्टीलाई अँझ मजबुद बनाउनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्लले सदरमुकाम गमगढी बजार र खत्याड गाउँपालिकालाई सडक संजालबाट जोड्न बीचमा रारा राष्ट्रिय निकुन्ज बाधक भएकाले यो बेला सम्वन्धित वन मन्त्रालय मुगु जिल्लाले पाएको र यस्तो अवसर जिल्लाले कहिल्यै नपाउने भएकाले नीतिगत सुधार र प्रकृयामा गएर सडक खोल्न मन्त्री स्वयम् अग्रसर भएर ईतिहास रच्न तर्फ लाग्न सुझाव दिनुभयो ।

जिल्लाका अन्य पालिकाहरुका जनताले सदरमुकाम गमगढी आवत जावत गर्न सडक सुविधाको उपभोग गरिरहँदा खत्याड गाउँपालिकाका जनता २ दिन पैदल वा छिमेकी जिल्ला जुम्ला र हुम्ला भएर आउन बाध्य छन् ।

कार्यक्रममा नेपाल तरूण दल मुगुकाे कार्यालय स्थापना गरिएको छ । तरूणदलका अध्यक्ष जयन्द्रबहादुर शाहीको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल र तरूण दलका केन्द्रिय सदस्य रमेशकुमार मल्लले तरूण दलले नेपालकाे लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्नु भएकाे धियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?