आइएमई पेको ‘विकेट टु विन’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै ‘विकेट टु विन’ अफर ल्याएको छ । भदौ १२ गतेसम्म चल्ने अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत् टेलिभिजनको बिल भुक्तानीका क्रममा एसिया कप प्रोमो कोड प्रयोग गरी एक सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एकजनाले डिसहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्ने कम्पनीले जनाएको छ । अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?