काठमाडौं । प्रिमियम र इन्टेलिजेन्ट इभी ब्राण्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रूपमा हिस्सा लिने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्ध आत्मसात गर्दै दिपलले २५ डिसेम्बर अर्थात् पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’को मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाली टच इभेन्ट्सले हायात ग्राउण्डमा आयोजना गर्न लागेको कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राजगोस्वामीले सम्झौतापमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा दिपलका प्रमोटर सन्दिप क्षेत्रीको पनि सहभागिता थियो ।
सो अवसरमा प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताउनुभयो । प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली श्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको उहाँको भनाइ थियो । त्यसैगरी नेपाली टच इभेन्ट्सका राजगोस्वानीले दिपलसँगको पार्टनरसिप प्रिमियम ब्राण्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताउनुभयो ।
बलिउडका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीत संगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ । कन्सर्टको टिकट इसेवामा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म छ सय ५० भन्दा बढी बिक्री भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच