काठमाडाैं । सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकस्थित सेवारो ताप्लेजुङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा शहिदभुमी गाउँपालिका-४ बस्ने २६ वर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका-२ बस्ने ३६ वर्षीय दिनेश सुर्खेती (सार्की) रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीय चिरन्जिवी राई, सोही ठाउँ बस्ने २७ वर्षीय असिम राई र २९ वर्षीय मन्जिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चिरन्जिवीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सृजना कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-११ जखडीमाई मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३० ग्राम सहित सोही नगरपालिका-११ बस्ने ४० वर्षीय कमल कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गणेशस्थानबाट खटिएको प्रहरीले सिमल ढापबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ४०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कमललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच