काठमाडौं । अर्ली चाइल्ड हुड एजुकेसन टिचर्स एसोसिएसन (इसिइटिए) को आयोजनामा १२औँ किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ । विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका एक हजार आठ सयभन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान स्थापितले जानकारी दिनुभयो ।
विभिन्न खेल समावेश गरिने किन्डर ओलम्पिकको पहिलो कार्यक्रम मंसिर २२ गते हुने छ । दोस्रो पुस १० र तेस्रो माघ २७ गते हुने छ । तीनै चरणको कार्यक्रम लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने छ ।
सहभागीले तेक्वान्दो, उसु, कराँते, जिम्न्याष्टिकलगायतका खेलको प्रदर्शनी खेल प्रस्तुत गर्ने छन् । ‘जित्नुभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकमा सहभागी सबैलाई पदक प्रदान गरिने छ । सानै उमेरदेखि विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिकको सुरुवात गरिएको आयोजकले जनाएको छ ।
विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरू मिलेर विसं २०६८ सालमा स्थापना गरिएको इसिइटिए नाफारहित गैरसरकारी संस्था हो । यो संस्थाले मूलतः बालबालिकाहरूको चौतर्फी विकासमा मद्दत गर्ने क्षेत्रमा काम गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच