काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुँदैछ।आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेबाट सुरू हुनेछ ।
जनकपुर बोल्टससँग ८ बिकेटले र काठमाडौं गोर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाइ यो खेल जीत्नै पर्ने दबाब रहेको छ भने पोखरालाइ ७२ रनले हराएको चितवन राइनोजलाइ दोस्रो खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौंसँग ३ बिकेटमा पराजित हुन बिबश भएको थियो ।
आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेबाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् भने कर्णालीबाट सोमपाल कामीले नेतृत्व गर्नेछन् । एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच