काठमाडौं । सरकारले छिट्टै एआई नीति ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रवधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसियल इन्टेलिजेन्स (एआर्ई) नीति ल्याउने बताउनुभएको हो । काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा धुलिखेलमा आयोजित ‘आइटी मिट-२०२४’ उद्घाटन गर्दै एक महिनाभित्र एआर्ई नीति ल्याई आवश्यक कानुन बनाउने गरी सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।
मन्त्री गुुरुङले भन्नुभयो, ‘एआर्ई कानुन बनाएपछि सूचना प्रविधिमार्फत् थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ ।’ नेपाल आइटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट हालसम्म उल्लेख्य फाइदा लिन नसकेको भन्दै उहाँले विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आइटी हब’ का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘एआर्ईको जमाना आइसक्यो, अहिलेसम्म नेपालका सबै सरकारी संयन्त्र ई-गभर्नेन्समा गइसक्नुपथ्र्याे, त्यस्तो हुन सकेको देखिएन, डिटिजल नेपाल फ्रेमवर्कका लागि भए पनि एआर्ईसम्बन्धी कानुन यथाशक्य छिटो तयार गरी कार्यान्वयनमा जाने छौँ । डिजिटल नेपाल फ्रेमवर्कमार्फत् ई–गभर्नेन्सलाई लागू गर्न सक्छौँ, त्यसपछिमात्र भ्रष्टाचार नियन्त्रण गर्न सहज हुन्छ । डिजिटल नेपाल फ्रेमवर्कलाई पहिलो चरणमा सरकारी तहबाटै सुरु गर्ने पक्षमा वर्तमान सरकार रहेको छ ।
अहिले २२ मन्त्रालय रहेको संघीय सरकार, सात प्रदेश सरकार र सात सय ५३ स्थानीय तहसमेत गरी देशमा सात सय ६१ सरकारसहित मातहतका सबै सरकारी कार्यालयमा ई–गभर्नेन्सको कार्यक्रम लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु, त्यसका लागि आवश्यक नियम-कानुन बनाउने कामलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको छ ।’
उहाँले आवश्यक नियम, कानुनसहित ई-गभर्नेन्स कार्यान्वयनपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने दाबी गर्दै आइटी क्षेत्रको विकास एवं विस्तार गरी त्यसलाई उद्योग तथा उत्पादनमूलक क्षेत्रमा जोड्दै देश र जनतालाई लाभान्वित तुल्याउने पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो ।
काठमाडौं विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङका डिन मनिष पोखरेलले सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा देशभरिका प्रविधिमैत्री युवालाई एकत्रित गरी नयाँ अवसर र प्रेरणा प्रदान गर्ने सोचका साथ ‘आइटी मिट-२०२४’ आयोजना गरिएको बताउनुभयो । दुर्ई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्ट्स, गुगलिङ प्रतियोगिता, केयुबिङ प्रतियोगिता जस्ता विविध गतिविधि सञ्चालन भएका आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच