लम्पी स्किन रोग धादिङसहित बागमती प्रदेशका १३ जिल्लामा फैलियो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 6 mins

धादिङ । धादिङको १३ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहमा लम्पी स्किन रोग देखा परेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका, थाक्रे गाउँपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका र गंगाजमुना गाउँपालिकाका गाई भैंसीमा लम्पी स्किन रोगदेखा परेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले जनाएको छ ।

रोग देखा परेको ४ स्थानीय तहमा पशु सेवा केन्द्र धादिङको एक टोलीले समेत निरीक्षण गरिसकेको पशु सेवा केन्द्र धादिङले जनाएको छ । लम्पी स्किन रोग एकिन गर्न कार्यालयले नगरपालिका तथा गाउँपालिकाका गाई भैंसीको रगत समेत संकलन गरेको छ । रगतको रिपोट आएपछि रोगको पहिचान हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । ४ स्थानीय तहमा गाउँ भैसीलाई विरगोन्यास औषधी र मलम लगाउन किसानहरुलाई अनुरोध गरेको उहाँको भनाई छ ।

गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला/पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थानबाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको छ । विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको डा।सिलवालले बताउनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सिलवालले बताउनुभयो । यस्तो लक्षण देखिएमा नजिकैको पशु सेवा केन्द्रमा गएर प्राविधिक सल्लाह लिने, जैविक सुरक्षाका बिधि अपनाउने र रोगी पशुको ओसारपसारमा रोक लगाउन डा.सिलवालले आग्रह गर्नुभएको छ ।

यसैगरी बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा समेत लम्पी स्किन रोगबाट १८ हजार गाई भैंसी सङ्क्रमित भएका छन् । रोग लम्पी स्किनबाट १८ हजार ३ सय २४ गाईमा सङ्क्रमण भएको छ । यो रोग बागमतीसहित ७ वटै प्रदेशका गरी ३५ भन्दा धेरै जिल्लामा फैलिएको छ । लम्पी स्किन रोगबाट सङ्क्रमित केही गाईगोरु मरेका छन् । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार मकवानपुरमा यो रोगबाट ४ हजार ८ सय ३५ वटा गाईमा देखिएको छ र भने १ सय ९७ गाई मरेका छन् ।

त्यस्तै, सिन्धुलीमा ९ हजार ६ सय ३४ गाईगोरुमा सङ्क्रमण भएको छ भने र ४७ वटा मरेका छन् । रामेछापमा १ हजार ९ सय ६५, चितवनमा १ हजार ६० वटा गाईमा रोगको सङ्क्रमण देखिएको छ । अहिलेसम्म गाईगोरुमा मात्र सङ्क्रमण भएको र भैँसीमा सङ्क्रमण नदेखिएको सचिव पाण्डेले बताउनुभयो । काठमाडौमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४ सय, नुवाकोटमा ३ सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने गरेको छ । रोगग्रस्त क्षेत्रमा निःसङ्क्रमण, उपचारलगायतका कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले देशभर फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?