
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोट बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्हरी प्रमुख हरिराम गाँगीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो।
दुर्घटनामा चालक इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुन र लक्ष्मी पुनको छोराको मृत्यु भएको उनको भनाइ छ।
डाँगीका अनुसार जिप बाँसकोट भन्ने स्थानको मोडबाट करिब आठ सय मिटर तल खसेको छ। जिपमा सात जना सवार रहेको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ। घाइतेको अवस्था सामान्य रहेको डाँगीले बताउनुभयाे।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच