उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । उर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित भएका छन् ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरु उत्साहित भएका हुन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले उर्जा विकास मार्गचित्र पास हुने मन्त्री खड्काको प्रतिवद्धतासँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित रहेको बताउनु भयो ।

उहाँले तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्ने मन्त्री खड्काको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको बताउनु भयो । प्रत्येक महिनाको अन्तिम शुक्रवार इप्पानले फ्राइडे फोरम कार्यक्रम सञ्चालन गर्दछ । कार्यक्रममा उर्जासँग सम्बन्धित विषयहरु र प्रविधिको बारेमा छलफल हुने महासचिव खतिवडाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इप्पानले विगतका केही समयदेखि नै महिनाको अन्तिम शुक्रवार फ्राइडे फोरम कार्यक्रम राखेर समसामयिक विषयमा र उर्जासँग सम्बन्धित क्षेत्रका विषयमा छलफलको कार्यक्रम चलाउँदै आएका छौँ । आज हामीले सस्टेनेबल डेभलपमेण्ड एण्ड इन्फास्ट्रक्चर इनोभेस भन्ने विषयमा छलफल गरेका छौँ । इन्फास्ट्रक्चरमा नयाँ नयाँ प्रविधि के आइरहेको छ । कसरी आइरहेको छ भन्नेकुरामा फोकस गरेका छौँ । उर्जा विकास मार्गचित्र लगायतका जल्दाबल्दा विषयहरु छन् । त्यो तुरुन्तै अब बस्ने मन्त्रीपरिषद्को बैठकबाट पास हुँदैछ भनेर मन्त्रीज्युले भन्नुभयो । सरकारले निजी क्षेत्रको साथ लिएर नै अघि बढ्नेछ भन्नेकुरा राख्नुभयो । तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्छु भन्नुभएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ । फ्राइडे फोरम निरन्तर चलिरहन्छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार हुन्छ । यो एकदमै प्रभावकारी भएको छ । नयाँ टेक्नोलोजीको बारेमा जानकारी लिने माध्यम बनेको छ ।’

उहाँले फ्राइडे फोरम कार्यक्रम प्रभावकारी बन्दै गएको र नयाँ प्रविधिको जानकारी लिने माध्यम बनेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?