
स्याङ्जा । गण्डकी प्रदेशकी नवनियुक्त सांसद सुनिता थापालाई स्याङ्जामा स्वागत एवम् सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका पूर्व सांसद भागवत् प्रकाश मल्लसहितको टोलीले शनिबार स्याङ्जाको निर्माण व्यवसायको हलमा नेपालको राष्ट्रिय झण्डा ओडाएर सांसद थापालाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस स्याङ्जाका युवा नेता तथा पूर्व सांसद मल्लले मुलुककै पहिलो सुस्त श्रवण तथा फरक क्षमता भएको सांसद पाएर स्याङ्जाले इतिहास बनाएको बताउनुभयो ।
उहाँले स्याङ्जाले सुस्त श्रवण क्षमता भएको पहिलो प्रतिभाशाली युवा सांसदका रुपमा सुनिता थापालाई पाएको बताउँदै मुलुकलाई शिरमा राखेर काम गर्नका लागि सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै सांसद सुनिता थापाले आफूले देशका लागि र आफूजस्ता फरक क्षमता भएका व्यक्तिहरुका लागि काम गर्न चाहेको बताउनुभयो ।
ुम देशको लागि केही गर्न चाहन्छु । मलाई अगाडि बढ्न सबैको प्रेरणा र सुझाव चाहिएको छ । म फरक क्षमता भएका व्यक्तिहरुको हकहितका क्षेत्रमा विश्वमै नमुना काम गर्न चाहन्छु ।ु थापाले भन्नुभयो । थापाले सांसद मल्लको प्रेरणा र सहयोगले आफूलाई सधैं काम गर्न उत्साहित बनाउने गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जाकी निवर्तमान उपाध्यक्ष भवानी अधिकारी, नेपाल तरुण दल स्याङ्जाकी सहसचिव करुणा पौडेल, महिला नेतृ सङ्गीता पोख्रेल, काङ्ग्रेस नेता केशवराज लम्साल, नेबिसङ्घ पुतलीबजार सभापति गोपी सुबेदी, पत्रकार महासङ्घ स्याङ्जाका नवनिर्वाचित सदस्य युवराज पौडेललगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच