प्रदेश प्रमुख देवकोटाद्वारा सांस्कृतिक पर्वकाे शुभकामना व्यक्त

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा गरि नाचगान, आफन्त भेटघाट गरि हर्सोल्लासपूर्वक यो पर्व मनाउँछन् । मानिस पशुपञ्छी लेकबाट तल अर्थात उधो झर्ने हुनाले पनि उधौली पर्व भनिएको पाइन्छ । नयाँ धानबाली भित्र्याएपछि खुशीयालीमा धानलाई लक्ष्मीको रूपमा मानेर धान्यपूर्णिमा पर्व मनाउँछन् ।

उपत्यकालगायत अन्य भागमा छरिएर रहेका नेवार समुदायले बिशेष प्रकारको परिकार (यःमरि) खाएर रमाइलोसाथ यःमरि पुन्ही मनाउने गर्दछन् । यसका साथै कला र सस्कृतिका धनी नेवारभित्रका ज्यापू समुदायमा आफ्नो सस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाउने गरिन्छ ।
चाडपर्व र परम्पराहरू अमुल्य निधि भएकोले यिनको संरक्षण गर्नुपर्ने प्रदेश प्रमुख देवकोटाको विज्ञप्तिमा उल्लेख छ ।

"हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जिवनका आधार हुन्" बिज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?