✍️ राजीव श्रेष्ठ
तुवाँलो, तुषारो र टिठलाग्दो
दिन बोकेर आउँछ पुषको महिना
पुष सुरु हुने बितिकै बुधापाका भन्न थाल्छन् पुष-फासफुस
हुन पनि,
हेर्दा हेर्दै पुष फुस्स लागेर बितिजान्छ
वर्षभरिकै सुष्त र स्यानो दिन छुस्स गैहाल्छ
झट्टै दिन ढलकन्छ, साझँ झुल्किन्छ
भुराहरू हतार हतार
स्कुलबाट घरतिर सवार,
अनि, तन्नेरि, वयस्क, अधवैसें
सबैलाई आ-आफ्नो धन्दा सकी
घरै पुग्नको लछार पछार !
असहाय, निमुखा तथा गरिबका माझ
काल बनेर चियाउँछ पुष
बाक्लो हुस्सु चिरेर धर्ती धाउन
सूर्य नारायणलाई समेत पर्छ सकस्
हिमालपारिबाट चलेको
मुटु छेडने सिरेटो
हिउँका डल्ला जस्तै
ठिराउने पानी
पुषका अमीट छाप हुन्
कुहिरोले छपक्क छोपेको बिहानी
उराठ्लाग्दो फुस्रो छोटो दिन अनि
श्मसानजस्तो कहालीलाग्दो रात
पुषका समय यतिकै ननिको लाग्छ
रूखपात, वन-जगँल, डाडाँकाँडा
सम्पूर्णलाई नाँगेझार तुल्याएर
चरा–चुरुगीं, जीवजन्तु र किट्पतगँ
समेतलाई बेपत्ता विरानो बनाएर
चेतनशील मान्छेलाई शुद्द सुशुप्त पारिदिन्छ
कुनै काम बन्दैन्, कहीं साइत जुर्दैन्
यो पुषको न्यास्रो दिनमा
केवल, सुकेको हागाँमाथि बसेको कौवाको काँ-काँ हौवामात्र सुमिन्छ
वर्षभरिकै विरक्तिलो दिन
साथमा लिएर आउने पुषको मास
खासखुस गर्दै स्वातसुत्त गुज्रिहाल्छ
त्यसैले पो भन्दा रहेछन बुढाखाडाः
पुष फासफुस ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच