हेटौंडा । अखिल नेपाल फुटबल संघ बागमती प्रदेश समितिको आयोजनामा यही पुष १० गतेबाट हेटौंडामा प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ । हेटौँडाको पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा ११ जिल्लाका क्लबहरुकोे सहभागिता रहने छ ।
हरेक जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको बिजेता क्लबहरुले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्टलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रदेश लिगका लागि करिब ३१ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले जानकारी दिए । प्रदेश फुटबल संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख माधव कोइराला, जिल्ला फुटबल संघका उपाध्यक्ष अरुण बल, युवराज लामा लगायतको आतिथ्यता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच