काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ । वैद्यखाना विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुभएका मन्त्री पौडेल सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपाय खोजीमा लाग्नुभएको हो । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा पुग्नुभएका उहाँले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरूपमा सुनिएका गुनासा समाधान गर्नसमेत निर्देशन दिनुभयो ।
सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्रीको अनुगमनः औषधिको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ तर तलब बाँड्नका लागि सरकारको मुख नताक्नुस् ।
पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासोपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन निर्देशन दिनुभएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘बजारमा जति औषधि उत्पादन भए पनि वैद्यखानाका औषधि बिक्री हुने रहेछ, तपाईंहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’ मन्त्री पौडेललाई कर्मचारीहरूले स्रोत अभाव भएको गुनासो गरेका थिए । तर, मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउन सरकारले रकम दिन नसक्ने स्पष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘तपाईंहरूको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’ मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न पनि व्यवस्थापनलाई पक्षलाई निर्देशन दिनुभएको छ ।
सो अवसरमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ, बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौँ ? मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभई समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच