पशुपति जलहरी प्रकरणमा सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव डा. मिलनकुमार थापासँग ३ लाख धरौटी मागिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा त्यसअघिका सदस्य सचिव डा प्रदिप ढकाल र अरुण श्रेष्ठ विरुद्ध एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रूपैयाँ ८५ पैसा बिगो मागदाबी गरेको थियो ।

सो मुद्दामाथि सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले थापासँग तीन लाख रुपैयाँ धरौटी माग्ने निर्णय गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?