काठमाडौं । सत्तारुढ दलका सांसदहरुलेनै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महंगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेको हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । उहाँले महंगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँले आपत्ति जनाउनु भयो । गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरुमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उहाँले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सरकारसँग माग गर्नु भयो ।
अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले सो जलविद्युत आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन पनि सरकारलाई दवाव दिनु भयो ।
सांसद बिसुन्केले नेपालको जलविद्युत निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन बिलम्व गर्नु परेको भनि सरकारसँग प्रश्न समेत गर्नु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :