पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ ।
जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा नामथर नखुलेको एक पुरुषको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
उक्त शवको आवश्यक प्रक्रियाको लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा पठाएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । शव पहिचान गर्ने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच