काठमाडौं । सुनको मूल्य एकै दिन १३ सय रुपैयाँले घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारका कारण नेपाली बजारमा पनि सुनको मूल्य घट्न गएको जनाएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ११ र चाँदी प्रतिऔंस २१.११ डलरको हाराहारीमा कारोबार भइरहेको छ
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको