नेपालसामू केन्या ५ विकेटले पराजित

Read Time = 2 mins

काठमाडौं । केन्यासँगको टी–ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । केन्याविरुद्धको खेलमा ५ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ शेखले अविजित २१, ज्ञानेन्द्र मल्लले १९, आसिफ शेखले १९, रोहित पौडेलले १५ रन र आदिल आलम २ रन बनाउँदै नेपाललाई जित दिलाए । आदिल अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो । केन्याका लागि इर्फान करिमले ३४, लुकास ओउचले ३०, नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । त्यस्तै आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?