✍️ डा. दिवाकर वशिष्ठ
नेपाल लगायत विश्वका हरेक संगठनको उद्देश्य बढीभन्दा बढी नाफा कमाउने, शेयरहोल्डरको मूल्य एवं कम्पनीको उत्पादकत्व र शाख वृद्धि गर्ने कार्य गरिरहँदा वातावरण संरक्षण, सामाजिक सेवा, ग्राहक हित, नैतिकता, संस्थागत शुसासन र कानुनको पालनालाई भने नजरअन्दाज गर्नु हुँदैन । यसको पालनाबाट नै कम्पनीको सफलता र व्यवसायीको शाख वृद्धि हुने हुँदा संस्थागत सामाजिक उत्तरदायित्वको कार्य क्षेत्र परोपकारी कार्यमा मात्र सीमित नभई बृहत छ । तर पछिल्ला दिनमा संस्थागत सामाजिक उत्तरदायित्वको नाममा अधिकांश सार्वजनिक तथा निजी क्षेत्रको ध्यान लक्षित क्षेत्रको हितमा भन्दा व्यवसाय प्रवद्र्धनमा केन्द्रित हुँदा यो ओझेलमा पर्न थालेको देखिन्छ । हुन त सरकारले समेत संगठनको कुल नाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्दछ भनेर उर्दी जारी गरेको भए तापनि कुन संस्था वा संगठनले यस क्षेत्रमा कति रकम खर्च गरे र कुन-कुन शीर्षकमा खर्च गरे भन्ने कुरामो लेखाजोखा राख्ने वा प्रभावकारी नियमन गर्ने कार्यमा भने सम्बन्धित निकाय चुकेको देखिन्छ ।
मन्दिरमा रकम दान गर्ने, वृद्धाआश्रममा वृद्ध नागरिकलाई सेवा गर्ने, विद्यालयमा अध्ययरत विद्यार्थीलाई कम्प्युटर प्रदान गर्ने, प्राकृतिक प्रकोपमा परेका नागरिकलाई आर्थिक राहत दिने जस्ता परोपकारी कार्य पनि संस्थागत सामाजिक उत्तरदायित्व हो ता पनि यस कार्यले मात्र संस्थागत सामाजिक उत्तरदायित्वको अर्थ र कार्य पूरा हँुदैन । संस्थागत सामाजिक उत्तरदायित्व भनेको त जनसाधरणलाई अभाव र महँगीबाट मुक्त, वातावरणको संरक्षण, कानुनको पालना, संस्थागत सुशासनको पालना गर्ने, सर्वसाधरणलाई उनीहरूको इच्छा, आकांक्षा बुझी गुणस्तरीय सेवा छिटोछरितो रूपमा उपलब्ध गराउने हो ।
पछिल्ला दिनमा मौलाएको परोपकारी कार्यमा केही रकम खर्च गर्ने, सडकमा व्यानर लिएर जनचेतना जगाउने नाममा केही किलोमिटर सामुहिक र संस्थागत नाममा हिँड्ने कार्य वा प्रदर्शनले जिम्मेवारी र जवाफदेहिताविनाको व्यवसाय प्रवर्धनमा मात्र जोड दिएको देखिन्छ । व्यावसायिक संस्थाहरूले मुनाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गराउन सरकारले आधार र मापदण्ड गर्नु पर्दछ ।
मिसावट, कालाबजारी जस्ता कार्यलाई निरुत्साहित गर्ने, सामाजिक हित र प्रतिष्ठालगायतको पालना गर्ने हो । पछिल्ला दिनमा मौलाएको परोपकारी कार्यमा केही रकम खर्च गर्ने, सडकमा व्यानर लिएर जनचेतना जगाउने नाममा केही किलोमिटर सामुहिक र संस्थागत नाममा हिँड्ने कार्य वा प्रदर्शनले जिम्मेवारी र जवाफदेहिता विनाको व्यवसाय प्रवर्धनमा मात्र जोड दिएको देखिन्छ । व्यावसायिक संस्थाहरूले मुनाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गराउन सरकारले आधार र मापदण्ड तयार गरी सबै क्षेत्रमा निष्पक्ष र पारदर्शी ढंगले लागू गराउने हो भने यसको उद्देश्य पूरा हुन गई लक्षित वर्ग र समुदायमा सहयोग पुग्ने देखिन्छ ।
विश्वव्यापीकरण एवं सूचना प्रविधिको तीव्र विकासका कारण हरेक व्यावसायिक संगठनले पछिल्ला दिनहरूमा एक आपसमा कडा प्रतिस्पर्धा गर्नु परेको छ । अर्कोतर्फ उपभोक्ता पनि दिन प्रतिदिन वस्तु तथा सेवाको गुणस्तर र उपलब्धताप्रति सचेत बन्दै गएको अवस्थामा संगठनमा काम गर्ने कर्मचारीलाई खुशी तुल्याउने, उचित ज्याला र तलब भत्ताको व्यवस्था गर्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने, दक्ष कामदारको विकास गरी वस्तु तथा सेवाको गुणस्तरमा ध्यान केन्द्रित गर्ने कार्यलाई समेत संस्थागत सामाजिक उत्तरदायित्व ले समेट्नु पर्दछ । संस्थागत सामाजिक कार्य सम्पादन, नागरिक व्यवहार, स्टेकहोल्डरको हित, व्यवस्थापन उत्तरदायि र संगठनको कुशल नेतृत्वले मात्र गर्न सक्ने हुँदा यसतर्फ सम्बन्धित संगठनको सञ्चालक समिति, महाप्रबन्धक वा कार्यकारी र अन्य कर्मचारीहरू पनि उतिकै चनाखो हुनुपर्ने बेला आएको छ । कुनै पनि संगठन समाजमै जन्मिन्छ, हुर्किन्छ र समाजमा नै अन्त्य हुन्छ ।
समाजबाट नै कच्चा पदार्थलगायत स्रोतसाधन उपलब्ध गर्दछ तत् पश्चात् उत्पादन गर्दछ । उत्पादित वस्तु तथा सेवाको बिक्री वितरण वा बजारीकरण पनि समाजमा नै गर्नुपर्ने हुँदा हरेक संगठन समाजप्रति उत्तरदायि हुन जरुरी छ । तसर्थ संस्थागत सामाजिक उत्तरदायित्व आजको अपरिहार्य आवश्यकता हो भन्नुमा अत्युक्ति नहोला । समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिने कार्य, खानेपानी, ढल, सडक निर्माणलगाय ग्रामीण विकास, रक्तदान, स्वास्थ्य सेवा शिविरदेखि वस्तु तथा सेवाको उपलब्धताद्वारा जनसाधरणको न्यूनतम आवश्यकता पूरा गर्ने कार्यसम्म पनि संगठनबाट नै हुनेहुँदा कुनै पनि संगठन संस्थागत सामाजिक उत्तरदायित्वबाट बिमुख हुनसक्दैन । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य पक्षहरूमा कानुनको पालना, सामाजिक योगदान, सर्वहित, पारदर्शिता एवं इमानदारी र सहयोग एवं सार्वजनिक अपेक्षा पूरा गर्नु हुन् । संगठनको बजार शाखमा वृद्धि, स्टेकहोल्डर संगको आत्मियतामा वृद्धि, व्यवसायको उत्पादकत्व र नाफादायकतामा वृद्धि, सञ्चारमाध्यमलाई सकारात्मक बनाउन सकिने, कानुनी झन्झटबाट मुक्ति, नयाँ व्यावसायिक अवसर प्राप्त गर्न सकिनेछ ।
असल व्यावसायिक वातावरणको निर्माणलगायत रहेका छन् जसबाट संस्थागत सामाजिक उत्तरदायित्व समाजका लागि मात्र नभई संगठन स्वयंका लागि फलदायी छ भन्ने कुरा प्रमाणित हुन्छ । नेपालको परिवेशमा संस्थागत सामाजिक उत्तरदायित्वको विश्लेषण गर्दा वास्तविक क्षेत्रलाई सहयोग गर्नुभन्दा व्यावसायिक संगठनको प्रवर्धन लक्षित देखिन्छ । संगठनले दिने सेवा गुणस्तरीय र छिटो छरितो नभएको, सामाजिक उत्तरदायित्वमा हुनेगरेको खर्च पारिदर्शी नभएको, सर्वसाधरण वा सेवाग्राहीले सार्वजनिक संस्था वा संगठनबाट सेवा लिँदा अनेक सास्ती खेप्नुपरेको, संस्थागत शुसासनको पालना नभएको, चर्को मूल्यवृद्धि गरेको, कालाबजारी गरेको, मिसावट गरेको लगायत गुनासा दिनहुँजसो सुन्नमा आइरहेको हुँदा सबै क्षेत्रमा कार्यरत संगठनले नाफामात्र नहेरी यसप्रति चनाखो भई जिम्मेवारी, जनउत्तरदायी कार्यप्रति आत्मबोध भएमा मात्र संगठनको छवि दिगो हुने देखिन्छ ।
संस्थागत सामाजिक उत्तरदायित्व निम्न कारणले पछिल्लो समय ओझेलमा पर्दै जान थालेको छ । सबै व्यावसायिक संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)सम्बन्धी खर्चलाई नियमन गर्ने गरी छुट्टै छाता कानुनको अभाव रहनु, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मोडालिटी स्पष्ट नहुँदा खर्च प्रभावकारी हुन नसक्नु । संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चको हिसाब परदर्शी हुन नसक्नु । कतिपय संस्थाबाट गरिएका खर्चहरू वित्तीय विवरणमा देखाउने तर यथार्थ खर्च नहुने गरेको सार्वजनिक निकायले यस क्षेत्रमा गरिने खर्चको क्षेत्र तोकी नीति तथा कार्यक्रम, बजेटमार्फत खर्च गरी सार्वजनिक वित्तमा देखिएको न्यून बित्त पूर्ति गर्ने औजारको रूपमा प्रयोग गर्न नसक्नु पनि हो ।
संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी खर्चको प्रभावकारी उपयोग, प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चलाई पारदर्शी बनाउने, व्यावसायिक संस्थाबाट सामाजिक उत्तरदायित्वमा गरिएका खर्चहरू तोकिएको क्षेत्रमा भए नभएको यकिन हुनुपर्ने, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चको एकीकृत अभिलेख तयार गरी व्यावसायिक संस्थाले सामाजिक विकासमा गरेको योगदानको मूल्यांकन गर्ने र व्यवसायको साखमा वृद्धि गर्छ भन्ने विश्वास अभिवृद्धि गर्नु पर्दछ ।
संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चको एकीकृत अभिलेखको अभावले यस्ता संस्थाबाट गरेको योगदानको मूल्यांकन गर्न समस्या रहेको, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चले व्यावसायिक संस्थाको साखमा वृद्धि गरी व्यावसायिक कारोबारमा बढोत्तरी हुने भए पनि यसलाई बोझको रूपमा लिनु । व्यावसायिक क्षेत्र र समुदायबीच विश्वासको वातावरण न्यून हँदा व्यावसायिक उल्झन् कायमै रहनु, सबै व्यावसायिक संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)सम्बन्धी खर्चलाई नियमन गर्ने निकायहरूबीच आवश्यक समन्व नहुँदा खर्चमा दोहोरोपना हुने तथा अनुगमनसमेत प्रभावकारी हुन नसक्नु । यसको लाभ लक्षित वर्ग र ग्रामीण दुर्गम क्षेत्रमा पुग्न नसक्नु, संस्थागत सुशासनको अभावले व्यावसायिक संस्थाबाट सेवा लिँदा विभिन्न किसिमका सास्ती खेप्नुपरेको, चर्को मूल्यवृद्धि, कालोबजारी र मिसावटबाट सर्वसाधरण आजित भएको, न्यून गुणस्तरका सेवा दिने गरेको लगायत छन ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी र व्यवस्थित बनाई आर्थिक सामाजिक रूपान्तरणमा योगदान पु¥याउनुपर्दछ । समाजप्रति बढी जिम्मेवार र जवाफदेही हुन निम्न कदम चाल्नु पर्दछ जसमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी खर्चको प्रभावकारी उपयोग, प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चलाई पारदर्शी बनाउने, व्यावसायिक संस्थाबाट सामाजिक उत्तरदायित्वमा गरिएका खर्चहरू तोकिएको क्षेत्रमा भए नभएको यकिन हुनुपर्ने, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चको एकीकृत अभिलेख तयार गरी व्यावसायिक संस्थाले सामाजिक विकासमा गरेको योगदानको मूल्यांकन गर्ने व्यवस्था गर्ने, व्यवसायको साखमा वृद्धि गर्छ भन्ने विश्वास अभिवृद्धि गर्ने । व्यावसायिक क्षेत्र र समुदायबीच विश्वासको बनाउने, व्यावसायिक संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)सम्बन्धी खर्चलाई नियमन गर्ने निकायहरूबीच आवश्यक समन्वय गरी अनुगमन तथा मूल्यांकनलाई थप प्रभावकारी बनाउने, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चलाई एकै क्षेत्रमा केन्द्रित हुन नदिई ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत उपयोग हुनेगरी समाबेसी विकासमा जोड दिने ।
संस्थागत सामाजिक उत्तरदायित्वको दायरा विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता क्रमशः दिगो विकास लक्ष्यको प्राप्ति, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा यससम्बन्धी कार्यक्रमलाई समेत आबद्ध गर्नु पर्दछ । व्यावसायिक संस्थाहरूले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै कर तथा अन्य व्यावसायिक सहुलियतहरू सहज ढंगले प्राप्त गर्नसक्ने नीतिगत व्यवस्था गर्ने । सबै व्यावसायिक संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वको दायरामा ल्याई समाजप्रतिको दायित्व बोध गराउन सकेमा यसको प्रभावकारितामा थप वृद्धि हुने कुरामा कसैको विमति नरहला । लेखक बैंक तथा वित्तिय संस्था सम्बन्धी विज्ञ हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच