राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कांग्रेसबाट आचार्यको उम्मेदवारी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ ।

बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गर्नुभएको हो । उहाँको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी हुनुहुन्छ । कांग्रेसले आज बिहानमात्र आचार्यको नाम टुंगो लगाएको थियो । उहाँ रोल्पाका पूर्व सभापति हुनुहुन्छ ।

नेकपा (एमाले) बाट कुमार दसौदीले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताका लागि दिइएको समयअनुसार बुधबार दिउँसो १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले केन्द्रीय सदस्य समेत रहेका दसौदीले मनोनयन दर्ता गराउनुभएको हो ।

दसौदीको समर्थकमा प्रदेश सभा सदस्य बन्नुभएकी मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल रहनुभएको छ । श्रेष्ठ राप्रपाबाट प्रदेशसभा सदस्य र शर्मा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टाईले राजीनामा दिएपछि रिक्त रहेको सो सिटमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?