पाल्पा । यहाँ विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
बुढाचटकका मदन सोमैको घर पछाडी आगनमा सलाईको काँटीबाट माछा मार्नको लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विष्फोट हुन जाँदा सोही ठाउँका २८ वर्षीय सुरज सोमैको मृत्यु भएको हो ।
उनको बुटवल हस्पिटल प्रा.लि. रुपन्देहीमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार विस्फोट हुँदा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगर घर भई विहीबार साँझ मदन बहादुर सोमैको घरमा आएका २१ वर्षीय कोशिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेका छन् । उनीहरुलाई उपचारको लागि बुटवल हस्पिटल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते मध्ये कोशिसको अवस्था सिरियस रहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच