बागलुङमा दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, एक युवाले हाने मुक्का

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई बागलुङमा दुर्व्यवहार भएको छ । एक कार्यक्रममा गएका बेला प्रसाईँमाथि एक युवाले मुक्का हानेका हुन् ।

भीडमा नमस्कार फर्काइरहेका प्रसाईँलाई एक युवाले नमस्कार गर्दै गएर मुक्का हानेका थिए ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ प्रसाईँ बागलुङ पुग्नुभएको थियो । प्रसाईँ मञ्चमा उक्लने क्रममा बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । के कति कारणले प्रसाईँमाथि गौतमले दुर्व्यवहार गरे त्यो खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रसाईँलाई काठमाडौंमा कालोमोसो दलिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?