काठमाडौं । एक खेलअगावै सिरिज जितेको नेपाली यु-१९ टोलीले हङ्कङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्विप’ गरेको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपालले हङ्कङलाई १३० रनले हराएको हो । यो जितसँगै तीन-शून्यको नतिजा निकाल्दै नेपालले सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
यसअघि पहिलो खेलमा तीन विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङ्कङलाई दुई सय २६ रनले हराएको थियो । अन्तिम खेलमा नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाउनुभयो । सूर्याम्सु कोइरालाले सर्वाधिक ६० रन जोड्दा कप्तान अभिषेक तिवारीले ५६ र सन्तोष यादवले ५३ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको थियो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले तीन अर्धशतकका साथ ४९.१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो ।
नेपालविरुद्ध हङ्कङका चारजना बलरले समान दुई-दुई विकेट हात पारे । २६६ रनको लक्ष्य पछ्याएको हङ्कङका लागि प्रित मांगुकियाले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् । पूरै ५० ओभर खेल्दै हङ्कङ १३५ रनमा समेटिएको हो ।
नेपालका लागि अभिषेक तिवारी र अफुदिन वर्षाले दुई-दुई विकेट लिँदा राजेश बोहोरा, दीपक सेरेला र सन्तोष यादवले एक-एक विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच