सुदूरपश्चिमका ठूला आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री देउवा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । विहिबार सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले सो कुरा बताउनु भएको हो ।
देउवाले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताउनु भयो ।

‘भारतका प्रधानमन्त्री म दिल्ली जाँदा होस् वा वहाँ लुम्बिनी आउँदा होस् पञ्चेश्वरमा चासो राख्नु भएको छ भने पश्चिम सेतीमा भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ’ उहाँले भन्नुभयो ‘त्यो भरपर्दो कम्पनी हो ठग्ने कम्पनी होइन् । त्यो अवश्य पुरा हुने छ । पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्नेछ ।’

उहाँले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘यस क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि म प्रतिवद्ध छु ।’

उहाँले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मद्धत पुग्ने बताउनु भयो । उहाँले सुदूरपश्चिम पर्यटकीयसम्भावना बोकेको क्षेत्र पनि भएको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।
उहाँले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताउनु भयो । प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरि काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

स्थानीय सम्भावनाहरूलाई पहिचान गरि प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्ने उनले बताए । सरकारले ठूला आयोजना र मझौला आयोजनालाई प्राथमिकता दिएको भन्दै यसले यहाँको विकासमा योगदान दिने प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्री देउवालाई लगाइयो १५ किलोको माला

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुभएको छ ।
देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गर्नुभएको हो ।
यस्तै महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ । १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

२१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ ।

सुदूरपश्चिम बिश्व बिद्यालय, दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कृषि क्याम्पस, क्षेत्रिय पर्यटन केन्द्रको स्थापना, खप्तड शुक्ला फाँटा घोडाघाडी जस्ता पर्यटकिय क्षेत्रको सम्र्वद्धन, औद्योगिक क्षेत्र र बिशेष औद्योगिक प्याकेज, जडीबुटी प्रसोधन केन्द्र, शीत गृह, दुग्ध प्रसोधन, चिनी मिल, बिश्वबिद्यालय, सेती हाइड्रोपावर, गेटा बिमानस्थललाई बैकल्पीक अन्र्तराष्ट्रिय मार्ग, सवै जिल्लाको पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक खण्ड, चिसापानी देखी गड्डाचौकी सम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, मेडिकल कलेज, प्रर्दशनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र र सुदूरपश्चिम सास्कृतिक संग्राहलय, क्षेत्रिय सभा÷सम्मेलन गृह सञ्चालन लगायतका २१ बुँदे माग अघि सारेको थियो ।

यसमध्ये सुदूरपश्चिम विश्वविद्यालय, प्रदेश पर्यटन केन्द्र स्थापना, खप्तड शुक्लाफाँटा घोडाघाडी जस्ता पर्यटकीय क्षेत्रको सम्वद्र्धन, सवै जिल्लाको पक्की सडक, मेडिकल कलेज, औद्योगिक क्षेत्र र बिशेष औद्योगिक प्याकेज लगायतका योजनामा सरकारले काम अघि बढाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?