
काठमाडौं । लक्ष्मी ग्रुपले ५१औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले आफू मातहतका विभिन्न संस्थामार्फत् विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम गर्दै शुक्रबार ५१औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।
ग्रुपअन्तर्गतको कम्पनी तथा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको छ भने रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ । जसमा सयभन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।
लक्ष्मी ग्रुपअन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको थियो । सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारका रूपमा मिठाइ उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्ट बिक्री र होम एप्लाएन्सेसलगायत सामान बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच