धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला स्थित कर्णाली खेलकुद क्लबका नाममा धावक हरि बहादुर रोकायाले निःशुल्क जग्गा दान गर्नुभएको छ । चन्दननाथ नगरपालिका-५ को वडा कार्यालय नजिक रहेको राजासिममा १३० वर्गमिटर जग्गा धावक रोकायाले क्लबको नाममा शुक्रबार दान गर्नु भएको हो । करिब ३५ लाख रूपैयाँ बराबरको जग्गा क्लबको नाममा दान गरेको धावक रोकायाले बताउनुभयो ।

जिल्लाको खेल क्षेत्रको विकासका लागि जग्गा दान गरेको छु । दान गरेको जग्गाले खेलकुद र खेलाडीहरूप्रतिको समर्पणलाई योगदान पुगेको छ । जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

धावक रोकायाको प्रेणाले जुम्लामा खेलाडि उत्पादनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने भएको छ । पहिलो तलामा फिटनेस क्लबहुने र जसबाट दिगो संचालनका लागि कोष संकलन गर्ने योजना रहेको क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

दोश्रो तलामा क्लबको प्रशासनिक कार्य गर्नका लागि कार्यालय कक्ष निर्माण हुने र तेश्रो तथा चौथो तलामा न्युनतम शुल्कमा केटा र केटीहरूका लागि छुट्टाछुट्टै छात्रावास सुविधा प्रदान गरिने योजना रहेको छ । संकलन भएको रकमले योग्य खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने क्लवका अध्यक्ष शाहीले बताउनुभयो । धावक रोकायाबाट दान भएको जग्गाले जुम्लालाई नेपालकै प्रमुख उच्च प्रशिक्षण केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने भएको छ । क्लवका अध्यक्ष शाहीले भन्नुभयो,“ प्रशिक्षण गर्न चाहने थुप्रै खेलाडीहरूको आकांक्षालाई मूर्तरूप दिन जग्गा दानले पहुँच र आवासको अभाव जस्ता चुनौतीहरूलाई समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । ”

दान भएको जग्गामा भवन निर्माणका लागि नक्सानको काम ईन्जिनियर नविन शाही र ईन्जिनियर उत्तम रोकायाले गरी सक्नु भएको छ । भवन निर्माण परियोजना कर्णाली खेलकुद क्लबको मात्र नभएर यसले ग्रामिण क्षेत्रका खेलाडीहरूलाई सशक्त बनाउन र जुम्ला तथा बाहिरको खेलकुदको भविष्य निर्माण गर्ने अपेक्षा गरिएको क्लवका अध्यक्ष शाहीको भनाइ छ । खेल क्षेत्रमा आफुले भोगेको समस्यालाई मध्येनजर गर्दै जग्गा दान गरेको धावक रोकायाले बताउनुभयो ।

जुम्लाको खेल क्षेत्रको विकासका लागि आफ्नो योगदान सँधै रहने छ । राष्ट्र चिनाउने खेल क्षेत्रको विकासका लागि जग्गा दान गरेको धावक रोकायाले बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाँईले धावक रोकायाले क्लबका नाममा जग्गा दान गर्नु महत्वपूर्ण काम भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?