रौतहट । रौतहटको गरुडामा प्रथम ध्यान दिवस मनाइएको छ । जीवन विज्ञान मधेश प्रदेशको आयोजना तथा गरुडा नगरपालिकाको सहयोगमा मध्य रौतहटको श्रीराम सुगर मिलको प्रांगणमा शनिवार प्रदेशस्तरीय ध्यान दिवस मनाइएको हो ।
जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्या राय यादवले ध्यानले मानिसलाई स्वस्थ्य बनाउन सहयोग गर्ने बताउनु भएको छ । वर्तमान जीवन शैलीमा ध्यान गर्नु मानिसको आवश्यकता भएको बताउँदै ध्यान दिवसले विश्वको ध्यान तानेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनि प्रसाद कल्वारले व्यायाम, योग तथा ध्यानको क्षेत्रमा आज धेरै मानिस लागेर स्वास्थ्यलाभ गरिरहेको बताउँदै शारीरिक स्वस्थता तथा मानसिक शान्ति दुवैका लागि ध्यान उपयुक्त भएको बताउनु भएको छ । नगर प्रमुख कल्वारले व्यायाम, योग तथा ध्यानको लागि गरुडा नगरपालिका र विभिन्न वडाहरुले पहिलेदेखि नै सहयोग गर्दै आएको सन्दर्भमा आवश्यकतानुसार अन्य सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
प्रथम विश्व ध्यान दिवसको लागि गरुडा नगरपालिकाले सहयोग गर्न पाएकोमा पनि नगर प्रमुखले खुसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि सहभागिता रहेको थियो । यसै गरी जिल्लाका विभिन्न पालिकाका साथै शिक्षक, कर्मचारी, बुद्धिजीवी, विद्यार्थीको पनि सहभागिता रहेको गरुडा नगरपालिका ५ का वडाध्यक्ष राम विनोद साहले जानकारी गराउनु भएको छ । नियमित रुपमा संचालनमा रहेको विभिन्न ठाउँका शिविरहरुबाट पनि सयौँ जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
रौतहटको विभिन्न पालिकामा गरी १६ स्थानमा जीवन विज्ञानको व्यायाम, योग तथा ध्यानको नियमित शिविर संचालन भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा केही बेर ध्यानको प्रक्रिया तथा ध्यान गर्ने तरिका पनि व्यावहारिक रुपमा बताइएको थियो । जीवन विज्ञान योग शिविर चन्द्रनिगाहपुरका प्रमुख शैलेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पौडेलले ध्यानबाट सबैले फाइदा लिन सकिने बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच