मन्त्रिमण्डल पुनर्गठन :

जनमतबाट अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै, मोदीलाई माओवादीले फिर्ता बोलायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुने भएको छ । 

उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीकी सांसद अनिता कुमारी साहलाई मन्त्री बनाउन लाग्नुभएको हो । 

जनमतबाट मन्त्री बन्न लाग्नुभएकी साहलाई आज शपथग्रहण गराउने तयारी छ । साहको शपथग्रहण बिहान १० बजे तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो । यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिनुभएको थियो । 

यसअघि आइतबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । 

माओवादी पदाधिकारीको बैठकले सरकारमा रहेर राम्रो काम गर्दागर्दै पनि यसअघिको सहमतिका कारण एक मन्त्रालय जनमतका लागि छोड्नुपरेको माओवादी नेताहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?