चटयाङसहित वर्षाको सम्भावना

Read Time = 2 mins

काठमाडौं । आज(आइतबार) पनि मौसम बदली नै रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीपख प्रदेश नं १, मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र मधेश प्रदेशका एकरदुई स्थानमा हल्का वर्षासमेतभइरहेको विभागले जनाएको छ ।

त्यस्तै, दिउँसो प्रदेश नं १, वाग्मती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसै राति पनि प्रदेश नं १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?