यस्तो छ विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि आज घटेको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा रहेकोमा बिहीबार घटेर एकको खरिद मूल्य ८५ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ १८ पैसा कायम भएको छ ।

यसअघि क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा रहेकोमा घटेर खरिदमा ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३६ पैसामा झरेको छ ।

यता जापानी येनमा पनि गिरावट आएको छ । बुधबार जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०३ पैसा रहेकोमा बिहीबार खरिद मूल्य ८ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिंगेटको बिक्रीदर पनि सामान्य बढेको छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १० पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसअघि भने साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको थियो

यसैगरी मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ६१ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?