‘कमेडी क्लब विथ च्याम्पियन्स’ कोे सेलिब्रेशन

Read Time = 2 mins

काठमाडौं । कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण भएको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले २६ भाग पूरा गरेको छ । नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रशारण भइरहेको यो कमेडी रियालिटी शो टिमले सफलताको सेलिब्रेशन गरेको छ ।

शो प्रशारणको २६ भाग पुगेको अवसरमा आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा हाँस्य कलाकार दीपकराज गिरी हुनुहुन्थ्यो । शोकी अध्यक्ष दीपाश्री निरौलाले नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

शोको अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्ने बताइएको छ । १० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बाँकी भाग विशाल भण्डारीले अगाडि बढाउनुभएको थियो । तर, अब बाँकी भाग विक्कीले नै गर्नुहुने जनाइएको छ ।

यो शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आउनुभएको छ । यो शो आउँदो वर्षको असार मसान्तसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?