एनओजी महेन्द्रनगर च्याप्टर राइड

Read Time = 1 min

काठमाडौं । टिभिएस मोटरको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड आयोजना गरेको छ । गत शनिबार आयोजित राइड टिभिएसको महेन्द्रनगरस्थित महामाया ट्रेड एण्ड सप्लायर्सबाट सुरु भई दोधाराको अतिथि रिसोर्ट पुगेर समापन भएको थियो ।

राइडमा सहभागीबीच विभिन्न गेम खेलाइनुका साथै सहभागिताको प्रमाणपत्र र एक अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?