काठमाडौं । चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुव्र्यवहार हुने गरेको भन्दै बलिउड अभिनेता जोन अब्राहमले आग्रह गर्नुभएको छ । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्र लेख्दै यस्तो आग्रह गर्नुभएको हो ।
उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । ‘यी बुद्धिमान र संवेदनशिल जनावरले खेलको क्रममा शारीरिक र भावनात्मक कष्ट सहन्छन्’ अब्राहमले लेखेको पत्रमा उल्लेख छ ।
‘जसले प्राकृतिक बासस्थानमा हात्तीहरूको सुन्दरता देखेको छ । म भन्न सक्छु कि तिनीहरू शक्ति र बुद्धिको प्रतीकसमेत हुन् । उनीहरू धेरै अर्थबाट राष्ट्रिय खजाना हुन् । नेपालसँग यी सुन्दर जनावरलाई संरक्षण र सम्मान गरेर नेतृत्वदायी रूपमा अघि बढ्ने मौका छ’ पत्रमा उल्लेख छ ।
पत्रमा अभिनेता अब्राहमले मन्त्री पाण्डेलाई हात्ती प्रतियोगिता स्थगित गर्न आग्रह गर्नुभएको छ । ‘यतिमात्र होइन, सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य कायम गर्न र साझा भविष्य बनाउनेतर्फ नेपाल अघि बढ्नेछ भन्ने विश्वास लिएको छु’ अब्राहमले भन्नुभएको छ ।
‘नेपालको लागि मेरो हृदयमा विशेष स्थान छ । म विश्वस्त छु कि यस्तो उज्ज्वल भविष्य नागरिकको सम्मान, जंगली जनावरप्रतिको माया र अनुपम प्राकृतिक सौन्दर्यको संरक्षणबाट हुनेछ’ उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच