काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा धादिङ रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
गाउँपालिकाको वडा नं ४ बोराङ स्थित पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।
उनीहरुले लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी रु १० लाख ८९ हजार ९ सय ८९.५८ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको देखिएको अख्तियारले जनाएकाे छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच