कृषकलाई आत्मनिर्भर बनाउन फलफुलका बिरुवा वितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ भोजपुर नगरपालिका वडा नम्वर ५, बोखिकले उन्नत जातका फलफुलका बिरुवाहरु बितरण गरेको छ ।

राष्ट्रिय फलफुल केन्द्रले सुचीकृत गरेको नर्सरीहरुबाट ल्याएर वडा भित्रका करिव दुई सय कृषकलाई स्याउ, अंगुर, नास्पातीलगायतका बिरुवाहरु वितरण गरिएको वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । धरान, बिराटनगरलगायतका जिल्लाहरुबाट आयात हुने फलफुल जन्य सामाग्रीहरुलाई रोकेर आफ्नै जिल्लामा उत्पादनका लागि प्रोत्साहन गर्ने लक्ष अनुसार वडाले अनुदानमा बिरुवा वितरण गरेको हो ।

वडाध्यक्ष प्रधानले आर्थिक बर्ष २०८०-०८१ को बजेटबाट बिनियोजन भएको दुई लाख २५ हजार र कृषक मार्फत २५ प्रतिशत गरी तीन लाख वरावरको बिरुवा हावापानी अनुकुलका वितरण गरिएको बताउनुभयो । बाहिरबाट आयात हुने फलफुल जन्य सामाग्रीहरु वडा भित्र नै उत्पादन गरेर निर्यात गर्न सकेमा जिल्लालाईसमेत समृद्ध बनाउन सकिने वडाध्यक्ष प्रधानको भनाई रहेको छ ।

वडा कार्यालय मार्फत् हावापानी अनुकुल बिरुवाहरु वितरण गरिएकोमा स्थानीय कृषकहरुमासमेत उत्साह देखिएको छ । कृषि बिज्ञहरुसँगको परामर्शमा वडाले बिरुवा वितरण गरेकाले यसले कृषकलाई पनि राहत मिल्ने स्थानीय रबिन राईले बताउनुभयो । हामी कृषकले आफ्नै ठाउँमा केही गर्न सकिएमा अन्यको परनिर्भता पनि बस्नु नपर्ने कृषक राईको भनाई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?