काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमबाट ६० पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जानकारी दिएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क मञ्चका सचिव नारद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान गर्न करिब दुई सय जना जतिले इच्छा व्यक्त गरे पनि अनियमित रक्तचाप, नियमित औषधि सेवन, शरीरमा ट्याटु खोपिएकोलगायत कारणले रक्तदान गर्न पाएनन् ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै सङ्गठनको सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो,’ सचिव खड्काले भन्नुभयो, ‘कार्यक्रममा सहभागी हुनुभइ रक्तदान गर्नुहुने सम्पूर्णप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ साथै, रक्तदान कार्यक्रमलाई महत्वपूर्ण सहयोग पु¥याउने नेपाल रेडक्रस भक्तपुर शाखालाई पनि उहाँले धन्यवाद दिनुभयो ।
व्यक्तिको अमूल्य रगत कसैको जीवनका लागि महादान हुने भएकाले पनि हरेक तीन/तीन महिनामा सबैले रक्तदान गर्दा राम्रो हुने उहाँको भनाइ छ । रक्तदानपछि रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ भने रक्तदाताहरूको ‘रक्त समूह’को प्रमाणपत्र समेत उपलब्ध गराइने जानकारी उहाँले दिनुभएको छ । रक्त समूहको प्रमाणपत्र १५ दिनपछि भक्तपुर शाखाले दिने र त्यसपछि आफूहरूले रक्तदातालाई हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच