धारिलो हतियार प्रयोग गरी धादिङमा श्रीमतीको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

धादिङ । धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ।

धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते बयलकोटीले हत्या गरेका थिए। हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको शव घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रग्ताम्मे अवस्थामा भेटिएको थियो। बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो।

विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति वेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?